site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’को १६ दिनको ग्रसकलेक्सन ३४ करोड ३६ लाख

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा ३४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको १६ दिनमा ३४ करोड ३६ लाख रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको हो । 

निर्माणपक्षले नेपाल बाहिरको ग्रसकलेक्सन भने हालसम्म सार्वजनिक गरेको छैन । नेपालबाहिर पनि ऐतिहासिक शो सहित प्रर्दशन भइरहेको जनाएको छ । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । 

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro