site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्का घटनाले सात महिनामा ६४७ जनाको लियो ज्यान, ६६ बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । विपद्का घटनाले पछिल्लो सात महिनामा नेपालमा ६४७ जनाको ज्यान लिएको छ । बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका विपद्का घटनाले उनीहरूको ज्यान लिएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ देखि कात्तिक ३० गते दिउँसोसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा पाँच हजार ५३९ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी ६४७ जनाको मत्यृ भएको थियो भने एक हजार १११ जना घाइते भएका थिए ।

यसवर्ष विपद्का घटनामा परी अझै ६६ जना बेपत्ता छन् । विपद्का घटनाले बितेको सात महिनामा ५० अर्बभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

२०८१ वैशाखदेखि कात्तिकसम्मको अवधिमा विपद्का घटनाले तीन हजार ४१० घर पूर्णक्षति र सात हजार २४४ घरमा आंशिक क्षति गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अर्थात् २०८० वैशाख १ देखि कात्तिक ३० गतेसम्म सात महिनाको अवधिमा विपद्का घटनामा परी नेपालमा ३७९ जनाको मृत्यु भएको थियो । उक्त अवधिमा रेकर्ड गरिएका तीन हजार ४७६ विपद्का घटनामा परी एक हजार १४८ जना घाइते र ३१ जना बेपत्ता भएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro