site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर प्रमुखमा कांग्रेसबाट डंगोल उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार पार्टीको वाग्मती प्रदेश संसदीय समितिको बैठकबाट उमेदवारको टुंगो लगाइएको हो ।

आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोललाई उमेदवार बनाउने निर्णय गरिएको कांग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उक्त पदका निम्ति यसअघि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उमेदवार चयन गरिसकेका छन् ।

कीर्तिपुर प्रमुखसहित स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते निर्वाचन हुँदै छ । त्यसका निम्ति आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro