साहित्य
सूर्यनारायण एच पेलिस
तिमी सबथोक बन्यौ तर मानिस हुन भुलेछौ
तिमी संसार डुल्यौ तर देश छुन भुलेछौ
सोझो औँलाले घिउ आउन्न सही हो
बांगो चित्तले चित्तकै क्लेश धुन भुलेछौ
शिखरमा हिजो चढेको जन्मेको माटोमै हो
माटोको क्रन्दन सुनेर माटोसँगै रुन भुलेछौ
वाचा चरित्र हो, चरित्र वाचा पनि हो
रस फूलको चुसिरह्यौ, जरा पुनः पुनः भुलेछौ ।
(तनहुँ ।)
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ ०७:२४
प्रतिक्रिया दिनुहोस्