site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकको ब्याजदर फेरि घटाइयो, राष्ट्रिय वाणिज्यले बढायो

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । बैंकहरूले यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका थिए ।

कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो । मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ । २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ ।

२० वाणिज्य बैंकमध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन् । आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा ०.२० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । यो बैंकले ब्याजदर एक प्रतिशत विन्दुले घटाएको छ । माछापुच्छ्रेले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिएको थियो । मंसिरमा ६ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन पनि बैंकहरू निक्षेप संकलन कम गर्न खोज्छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले बेलाबेला पैसा तानिरहेको छ ।

मंसिरका निम्ति ब्याजदर सूची हेर्नोस्–

ewfgmsg-1731647127.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro