देश
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार, मृत भेटिनेमा ३३ वर्षीया सीता दंगाल (नगरकोटी), उनकी छोरी १५ वर्षीया अंशु मोक्तान र छोरा दुई महिनाका बालक छन् ।
मोक्तानका श्रीमान् ४९ वर्षीय कान्छा नगरकोटीले बिहीबार प्रहरी वृत बौद्वमा श्रीमती र छोराछोरी हराएको निवेदन दिएका थिए ।
प्रहरीका अनुसार, नगरकोटीले कात्तिक १६ गतेदेखि उनीहरू हराएको बताएका थिए । निवेदनपछि खोजतलासमा गएको प्रहरीले नगरकोटीकै घरको बन्द कोठाभित्र शव फेला पारेको हो ।
घटनाबारे प्रहरी वृत्त बाैद्ध र प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ २१:०६
प्रतिक्रिया दिनुहोस्