site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
साउदीमा हाफपाइन्ट लगाउने नेपालीमाथि जरिवाना

काठमाडौं । साउदी अरबका सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा नेपालीमाथि जरिवाना गरिएपछि त्यहाँस्थित नेपाली दूतावासले नैतिकताविपरीत हुने कार्य नगर्न अपिल गरेको छ । रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सार्वजनिक मर्यादा र शिष्टाचारसम्बन्धी पहिरन तथा आचरण प्रदर्शन गर्न अपिल गरेको हो ।

साउदीमा चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् । “हालैका दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट वा हाफपाइन्ट लगाएको कारणले साउदी अरेबियामा रहनुभएका कतिपय नेपाली नागरिकहरूलाई जरिवाना लागेको भन्ने जानकारी दूतावासमा प्राप्त भएको छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

Dabur Nepal
NIC Asia

साउदी अरेबियाको कानुनानुसार, सार्वजनिक स्थानमा छोटा हाफपाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्रार्थनाको समयमा ठूलो आवाजमा गानाबजाना गर्न, सार्वजनिक स्थानमा थुक्नेलगायत फोहोर हुने कार्य गर्न पाइँदैन ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्ट्याइएको स्थान ओगट्न, लाइन मिच्न, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषले) लगाउन र अरूलाई तर्साउने वा डराउने खालका क्रियाकलाप गर्न पनि साउदी कानुनले दिँदैन ।

साउदी कानुनानुसार, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा त्यहाँको समाजलाई अप्रिय लाग्ने वा सार्वजिनक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने अरू कार्य गर्न पनि वर्जित छ ।

“यस्ता कार्यहरू गरेमा साउदी रियाल पाँच हजारसम्म (लगभग एक लाख ८० हजार रुपैयाँ) जरिवाना तथा अन्य थप सजाय पनि हुन सक्ने भएकोले सार्वजनिक स्थानमा जाँदा यहाँको कानुन वा सार्वजिक शिष्टचार तथा नैतिकताविपरीत हुने कार्य नगर्न साउदी अरेबियामा रहनुहुने सबै नेपालीहरूलाई हार्दिक अपिल गरिन्छ,” दूतावासले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro