site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झाँक्री प्रकाश भुजेलले बिनालाइसेन्स गाडी चलाएको आशंका

काठमाडौं । आफूलाई झाँक्री बताउने सिन्धुपाल्चोकका प्रकाश भुजेलले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै प्राप्त नगरी गाडी चलाउने गरेको खुलेको छ ।

बुधबार दिउँसो शंखरापुरमा दुर्घटना गराएर भागेका भुजेल साँझ भने आफैँ प्रहरी वृत्त बौद्धमा हाजिर भएका थिए । तर, उनीसँग प्रहरीले लाइसेन्स भने फेला पारेको छैन ।

यद्यपि, प्रहरीलाई उनले लाइसेन्स घरमा रहेको बताएका छन् । भुजेलले चलाएको बा१९प २६९५ नम्बरको कारले शंखरापुरमा वाग्मती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का ३८ वर्षीय नारायण नगरकोटीको उपचारका क्रममा ग्रान्डी अस्पतालमा साँझ मृत्यु भएको छ । उनकी श्रीमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको उपचार जारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro