site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरान समर्थित हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा गरे आक्रमण

काठमाडौं । यमनका हुथी विद्रोहीले दुई अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् । इरान समर्थित हुथी विद्रोहीहरूले युद्धपोतहरूमा मिसाइल र ड्रोन आक्रमण गरेका हुन् । अमेरिकी रक्षा मन्त्रालयले बुधबार यसबारे पुष्टि गरेको हो ।

रक्षा मन्त्रालयका प्रेस सेक्रेटरी पेट राइडरले 'रे‍ड सी'को बाब अल–मान्डेब खाडीबाट गइरहेका बेला युद्धपोतमा आक्रमण भएको बताए । मन्त्रालयले यूएसएस स्टकडेल र यूएसएस स्प्रुन्समा भएको आक्रमणलाई असफल पारेको जनाएको छ ।

आक्रमणका क्रममा कम्तीमा आठ ड्रोन, पाँचवटा एन्टिसिप ब्यालिस्टिक मिसाइल र तीनवटा एन्टिसिप क्रुज मिसाइल प्रयोग गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर १७ मा अमेरिकी वायुसेनाले यमनमा हुथी विद्रोहीहरूको स्थानमा बमबारी गरेको थियो । त्यतिबेला अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले वायुसेनाले यमनको राजधानी साना नजिकै बमबारी गरिएको बताएका थिए । उनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा आक्रमण गरिएको जनाएका थिए ।

इजरायलले गत वर्षको अक्टोबर ७ देखि गाजामा आक्रमण गरिरहेको छ । जवाफमा, हुथी विद्रोहीहरूले समुद्रमा इजरायलका सहयोगीहरूको जहाजलाई निशाना बनाएका छन् । सीएनएनका अनुसार, हालसम्म हुथी विद्रोहीले समुद्रमा रहेका १०० भन्दा बढी जहाजमा आक्रमण गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro