site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ २२ देखि १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप दिइँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
 
देशभरका ११ देखि १४ वर्षसम्मका बालिकालाई लक्षित गरी खोप अभियान चलाउन लागिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिकाको संख्या १६ लाख ८८ हजार ७६८ छ ।  

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर खोप अभियान देशैभर सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार अभियानका निम्ति डिसेम्बर दोस्रो साता करिब १७ लाख डोज खोप ल्याउने तयारी भएको छ । 

अभियान १५ दिनसम्म सञ्चालन हुनेछ । 

यसअघि गएको भदौमा मन्त्रालयले परीक्षणको रूपमा १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका नौ हजार ९८० बालिकालाई एचपीभी खोप दिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro