site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौंमा हस्तकला व्यापार मेला हुँदै

काठमाडौं । नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

Dabur Nepal
NIC Asia

उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए । त्यस्तै, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने मेलाको उद्देश्य हो । 

त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ । काठमाडौं बौद्धस्थित होटेल हायात परिसरमा आयोजना हुने सो मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम छ ।

छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएका छन् । त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने महासंघले जनाएको छ ।

मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीमा राखिने बताइएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम छ । त्यसैगरी, मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिहरूका लागि स्टल निःशुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro