site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा, उमेदवार बन्दैछन् ? 

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षको उपनिर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य नेकपा (एमाले) प्रवेश गरेका छन् । 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही मंगलबार (आज) एमाले प्रवेश गरेका हुन् । एमालेको स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरे । ०७४ को निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका शाहीलाई एमालेले पार्टीमा भित्र्याएको हो । एकीकृत समाजवादीबाट उमेदवार बनेका शाही २०७९ को निर्वाचनमा भने पराजित भएका थिए । 

उनलाई नै एमालेले उपनिर्वाचनको उमेदवार बनाउने तयारी गरेको चर्चा चलेको छ । एमालेका दैलेख जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले उनलाई नै उमेदवार बनाउने भन्ने निष्कर्षमा पुगिनसकेको बताए । उमेदवारबारे केही दिनमा नै निर्णय गर्ने उनको भनाइ छ । “यसअघि अध्यक्षको आकांक्षीका रूपमा सातजनाको नाम आएको छ । हिजोसम्म एकीकृत समाजवादीमा रहनुभएको उहाँ (शाही) पनि आजबाट थपिनुभएको छ । उमेदवारबारे पर्सीसम्ममा निर्णय गर्छौँ” उनले बाह्रखरीसँग भने । 

०७९ को निर्वाचनबाट पालिका अध्यक्ष चुनिएका लछुमन गुरुङको निधन भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । गुरुङ कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro