site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ले तोडेका र बनाएका रेकर्ड

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का नाममा थुप्रै रेकर्ड बनिरहेका छन् । चलचित्रले राम्रो कलेक्सन गरिरहेका बेला नयाँ–नयाँ रेकर्ड बन्दै गएका छन् । 

यो छोटो समयमा सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ । ११ दिनमा २० करोड ७३ लाख ग्रसकलेक्सन गरेको छ । यसअघि यति छोटो अवधिमा यति कलेक्सन नेपाली चलचित्रले गरेका छैनन् । 

एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार यो चलचित्रले २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।  

पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘कबड्डी’ले बनाएको रेकर्ड तोडेको हो । ‘कबड्डी’ले पहिलो दिन २ करोड ९० लाख ग्रसकलेक्सन गरेको थियो । 

सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । यसले एकै दिन ९८ हलमा ४६५ शो पाएको छ । 

यसअघि ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएर सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको थियो । ‘बेहुली फ्रम मेघौली’को नाममा रहेको यो रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।  

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro