site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मनाङे काठमाडौंबाट पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

प्रहरीले आजै उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।

उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए 

अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro