site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुठभेडपछि भारतको जिरीबाममा अनिश्चितकालीन कर्फ्यु
तस्बिर : पीटीआई ।

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरीबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको मुठभेडपछि जिल्लामा कर्फ्यु लगाइएको हो ।

मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे (स्थानीय समय) जिरीबामको जाकुराडोर र बोरोबेकरा प्रहरी चौकीनजिक रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीले निसाना बनाएको जनाएको छ ।

मणिपुर प्रहरीले यो घटनाबारे लेखेको छ, “सशस्त्र चरमपन्थीले जिरीबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे । त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे । यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र चरमपन्थीको शव निकालियो ।”

प्रहरीका अनुसार, उक्त भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । उपचारका निम्ति हाल उनलाई असमको सिलचरस्थित मेडिकल कलेज एन्ड अस्पतालमा भर्ना गरिएको छ ।

मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । हिंसामा धेरै मानिसले ज्यान गुमाएका छन् । भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro