विदेश
काठमाडौं । हिजबुल्लाहले सोमबार इजरायलमा १६५ भन्दा बढी रकेट प्रहार गरेको छ । इजरायलको उत्तरी सहर बिनामा भएको हमलामा एक बालकसहित सातजना घाइते भएका छन् ।
यसबाहेक यस हमलामा ग्यालिल सहरलाई पनि निशाना बनाइएको थियो । यहाँ ५५ रकेट प्रहार गरिएको थियो ।
हिजबुल्लाहले हाइफा सहरमा ९० रकेट प्रहार गरेको थियो । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, हिजबुल्लाहले हाइफामा पहिलोपटक ८० रकेट प्रहार गरेको थियो । तीमध्ये अधिकांशलाई हावामा गोली हानेर खसालिएको थियो । दोस्रोपटक, १० रकेट प्रहार गरिएको थियो ।
हाइफामा आक्रमण भएको केही घण्टापछि आईडीएफले हिजबुल्लाहका रकेट लन्चरहरू नष्ट गरेको थियो । आक्रमणबाट इजरायली आवासीय भवनमा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ २३:०९
प्रतिक्रिया दिनुहोस्