site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
Tiktok banner adTiktok banner ad

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कतार एयरवेजको भैरहवा उडान सांकेतिकरूपमा ठूलो उपलब्धि भएको बताए ।

“भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैँमा नेपालको इन्टरनेसनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेसनल एरोनोटिक कम्युनिटी’ले रिकनाईज गर्नु हो,” सूचना अधिकारी भुलले भने, “विश्वका ठूला एयरलाइन्स कतार, फलाई दुबई, थाई एयर एसिया, जजिरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहवाबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्त्व हुन्छ ।”

कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्ने छ । कतार एयरवेजले भैरहवाबाट ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।

योसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको संख्या पाँच पुगेको छ ।

विमानस्थलमा यसअघि नेपाल एयरलाइन्स, जजिरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । गौतमबुद्ध विमानस्थलबाट पहिलोपटक यही कात्तिक १४ गते एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो ।

थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । यस्तै, फलाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातैदिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ ।

विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो ।

राससको समाचारलाई सम्पादन गरिएको ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro