site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाख्रा चोरेको विषयमा कुटपिट : एकजनाको मृत्यु, चार पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा कुटपिटबाट व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–११, कान्तिपुरका ३० वर्षीय सुरेश भुलको मृत्युको घटनामा संलग्न रहेको आरोपमा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ६५ वर्षीय जंगे भुल, १८ वर्षीय एक किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक छन् ।

प्रहरीका अनुसार, बाख्रा चोरी गरेको विषयमा गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा सुरेश गम्भीर घाइते भएका थिए । धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro