site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडको सहज जित, चेल्सी र आर्सनलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा स्वाभाविक लयतर्फ उन्मुख म्यानचेस्टर युनाइटेडले चौथो जित निकालेको छ । युनाइटेडले आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा लेस्टर सिटीलाई ३–० ले हराएको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र एलेसान्ड्रो गार्नाचोले गोल गरे । युनाइटेडले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

Dabur Nepal
NIC Asia

खेलको १७औँ मिनेटमा फर्नान्डेजको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा भिक्टर क्रिस्टिन्सनबाट भएको आत्मघाती गोलबाट युनाइटेडले अग्रता दोब्बर बनायो । खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा गार्नाचोले गोल गरेपछि युनाइटेडले सहज जित पक्का गरेको हो ।

जितसँगै ११ खेलबाट १५ अंक जोडेको युनाइटेड तालिकाको १३औँ स्थानमा छ । त्यो शीर्ष स्थानको लिभरपुलभन्दा १८ अंकले पछि हो । समान खेलबाट २८ अंकसहित लिभरपुल शीर्ष स्थानमा आसीन छ । १५औँ स्थानको लेस्टरको ११ खेलबाट १० अंक छ ।

चेल्सी १–१ आर्सनल
आइतबार नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले १–१ को बराबरी खेल्दै अंक बाँडे । स्टाम्फोर्ड ब्रिजमा पाहुना टिम आर्सनलले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

६०औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीको गोलमा आर्सनलले अग्रता बनाएको थियो । त्यसको १० मिनेटपछि नै पेड्रो नेटोको गोलमा चेल्सी खेलमा फर्कियो ।

तालिकाको तेस्रो र चौथो स्थानमा आसीन चेल्सी र आर्सनलले ११ खेलबाट समान १९ अंक जोडेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro