site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्कोमा युक्रेनको आक्रमण, ३४ ड्रोन खसालेको रुसको दाबी
तस्बिर : एएफपी ।

मस्को । युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको छ । रुसले युक्रेनद्वारा प्रहार गरिएका ३४ ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको जनाएको छ ।

यसलाई रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो हमला भनेको छ । मस्कोका तीन विमानस्थल अस्थायी रूपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।

युद्धमा युक्रेनको राजधानी किभमा रुसद्वारा व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । युक्रेनबाट मस्कोमा भने कम आक्रमण हुने गरेको छ ।

युक्रेनी ड्रोनलाई ग्रीनविच समयानुसार ४ः०० देखि ७ः०० बजेबीचमा ६ क्षेत्रमा खसालिएको रुसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुर्स्कमा पनि सोही संख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि गरेको छ ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभोमा ड्रोन खसालिएको बताएका छन् ।

रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लास्थित एउटा घरमा आगो लागेको देखिएको छ ।

गएको सेप्टेम्बरमा मस्कोनजिकै व्यापक रूपमा गरिएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानीनजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।

सन् २०२३ को मेमा क्रेमलिननजिकै दुई ड्रोन नष्ट गरिएको थियो । सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण गरिएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro