site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालय शिक्षा विधेयक : उपसमिति बनाउने तयारी कहाँ पुग्यो ? 
फाइल तस्बिर ।

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि थप छलफल गर्न संसदीय उपसमिति बनाउने तयारी गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफलका निम्ति उपसमितिमार्फत प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

तर, उपसमिति गठनका निम्ति बैठक बस्न कोरम नपुगेकाले प्रक्रिया अघि बढाइएको छैन । “चाडबाडमा निर्वाचन क्षेत्र जानुभएका माननीयहरू फर्किइसक्नुभएको छैन । त्यसैले अहिले बैठकको मिति तय गर्न पनि सकिएन,” समितिका सचिव दशरथ धमलाले बाह्रखरीसित भने ।

यही काक्तिक २८ गतेका लागि बैठक डाक्न खोजिएको थियो । तर, ६ सांसद पनि उपस्थित हुन नसक्ने भएपछि बैठकको मिति तोकिएको छैन । समिति सभापति अम्मरबहादुर थापा स्वयं यतिखेर गृहजिल्ला दैलेखमा छन् ।

समिति बैठकका निम्ति एकतिहाइ सदस्य आवश्यक पर्छ । समितिमा हाल २४ सदस्य छन् ।

१६३ दफामाथि छलफल कहिले ? 
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा १६३ दफा छन् । ती दफाका व्यवस्थामाथि १५२ सांसदले एक हजार ७३८ संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयकमाथि सैद्धान्तिक छलफल सकाइएको छ । अब दफावार छलफलमा लैजाने तयारी छ ।

गएको असोज ७ गतेसम्म विधेयकमाथि छलफल गर्न समितिका २६ बैठक डाकिएको थियो । विधेयकमाथि संशोधन प्रस्ताव धेरै रहे पनि छलफल निकै कम हुने गरेको छ । कतिपय बैठकमा ५० प्रतिशत संशोधनकर्ता पनि उपस्थित नहुँदा छलफल अगाडि बढाउन कठिन भएको समिति सभापति थापा बताउँछन् ।

संशोधन प्रस्ताव दर्ता गराएका कतिपय सांसद नै छलफलमा उपस्थित नहुँदा प्रक्रिया अघि बढाउन ढिलाइ भएको सचिव धमलाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro