राजनीति
काठमाडौं । अन्तराष्ट्रिय हवाई भाडा अकासिएको र त्यसको प्रत्यक्ष मार विदेशिने श्रमिकमा परेको भन्दै सांकेतिक विरोध प्रदर्शन गरिएको छ । आइतबार माइतीघरमा गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले हवाई भाडा नियन्त्रण गर्न नसकेको र यसबाट प्रत्यक्ष रूपमा खाडी राष्ट्र जाने मजदुर समस्यामा परेकाले सांकेतिक विरोध प्रदर्शन गरिएको बजगाइँले बताए ।
“सरकारले समुचित व्यवस्थापनबिना विमानस्थल बन्द गरेर त्यसको मार पर्यटन क्षेत्रमा परेको छ । यसको लागि हामीले सांकेतिक रूपमा विरोध गरेका हौँ,” उनले बाह्रखरीसित भने, “पोखरा र भैरहवा विमानस्थलको पूर्ण नभई विकल्प दिएर विमानस्थल १० घण्टा बन्द गर्नु गलत हो ।”
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्