site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली चीन र रेग्मी अमेरिकाको राजदूतमा नियुक्त
शीतलनिवास ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका निम्ति नेपाली राजदूतमा नियुक्त गरेका छन् । यस्तै, उनले लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र श्री लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro