site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मिरिकमा कवि अधिकारीको एकल कविता वाचन सम्पन्न 

काठमाडौं । दार्जिलिङको पर्यटकीय सहरका रूपमा परिचित मिरिकमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन सम्पन्न भएको छ । 

मिरिकस्थित ‘साहित्य सुनौँ परिवार’को आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा सम्पन्न उक्त एकल वाचन कार्यक्रममा कवि अधिकारीले २०३६ देखि २०८१ सालबीचमा लेखेका आफ्ना करिब दुई दर्जन चर्चित कविता तथा गीतहरू वाचन गरे । 

सशुल्क निमन्त्रणा गरिएको उक्त कार्यक्रममा अधिकारीले काव्य लेखनका सम्बन्धमा आफ्ना मान्यता र वाचन गरिएका सिर्जनासँग जोडिएका प्रसंगहरू सुनाएका थिए ।

परिवारका अध्यक्ष एवम् समालोचक राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका अधिकारीका कविता र गीत समान रूपमा उत्कृष्ट रहेको विचार व्यक्त गर्दै विभिन्न भाषामा अनुवाद हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा संस्थाकी सचिव शीला लामाले अधिकारीको एकल कविता वाचन यस क्षेत्रका लागि अविस्मरणीय रहेको बताइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro