site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तिलिचो तालको आधारशिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला भनिने मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधारशिविरमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याइएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९, खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधारशिविरमा राष्ट्रिय प्रसारणलाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गरिएको हो ।

आधारशिविरमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको छ । आधारशिविरमा १० होटेल, स्वास्थ्य चौकी र ससाना रेस्टुरेन्ट सञ्चालित छन् । आधारशिविरमा विद्युत्का ग्राहक संख्या १५ रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ ।

राष्ट्रिय प्रसारणलाइन पुग्नुभन्दा पहिले आधारशिविरमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति गरिँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

सौर्य ऊर्जाको ‘ब्याकअप’ले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले उल्लेख गरे । राष्ट्रिय प्रसारणलाइन पुगेपछि हाल धेरै सहज भएको उनले बताए ।

“राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्प (आधारशिविर)बाट तिलिचो ताल जाने पैदलयात्रीहरूको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ, जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,” आधारशिविरमा होटेल समेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने ।

उनले थपे, “लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटेलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण रूपमा कटौती गर्न सकिन्छ ।”

उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग गर्ने गरिएको उनले बताए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारणलाइन चामे गाउँपालिका–१, स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसनमा पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै आधारशिविरमा पुर्‍याइएको हो ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका निम्ति ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारणलाइन ‘ट्रिपिङ’ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति गर्ने गरिएको प्राधिकरणको मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro