site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा जुवातास खेलिरहेका १५ जना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (हिजो) दिउँसो दुई स्थानबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–६, सिगारेपाटीका ४६ वर्षीय दीपक कार्कीको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको छ । नगद ७९ हजार ५२० रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित रणकालिका गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरिएको छ । धादिङको गजुरी गाउँपालिका–८ का ५२ वर्षीय नानिकाजी बस्नेतको उक्त गेस्टहाउसबाट उनीसहित पाँचजनालाई पक्राउ गरिएको हो ।

नगद ४३ हजार १६० रुपैयाँ र २० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्