site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रिय फोटोपत्रकार समूहको अध्यक्षमा पुनः वन्त

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे)को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । शनिबार आयोजित समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनबाट राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ (सागर), महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् । 

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिशसिंह नगाल, दीपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् ।

कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटोपत्रकार गणेश बिष्टलाई, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्यलाई, ‘पर्या–पर्यटन फोटो पत्रकारिता सम्मान’ प्रविन श्रेष्ठलाई, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठलाई र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरिएको थियो ।

यस्तै, ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजुलाई, ‘संस्थागत एनएफपीजे प्रेसिडेन्ट अवार्ड २०८१’ कार्यवाहक महासचिव घनश्याम श्रेष्ठलाई र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro