site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरको सम्झना

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दप्रसाद पोखरेलले राजनीतिक पार्टीका दर्शन र विचार मात्र नभई नेतृत्व पनि सही हुनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरको स्मृति दिवस र सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा शनिबार ललितपुरमा आयोजित विचार गोष्ठीमा उनले नेतृत्व सही भए मात्र देशको विकास हुन सक्ने बताए । सही र सिर्जनशील नेतृत्वमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

“बीपी र गणेशमानलाई पढ्दा राजनीति गर्न मन लाग्छ, तर जनप्रतिनिधि हुन मन लाग्दैन । उहाँहरूमा त्यागको भावनाबाट राजनीतिक प्रणाली परिवर्तन गर्न सक्ने ताकत थियो, नेतृत्वमा रहेका एकार्कामा विश्वास थियो । सुवर्णशमशेरले तयार गरिदिएको अर्थतन्त्रकै आधारमा रहेर अहिले देश अगाडि बढिरहेको छ । आधार भए मात्रै सेवा प्रवाह गर्न सकिन्छ, राजनीति भनेको देश बनाउन हो,” उनले भने ।

उनले सुवर्णशमशेरले वि.सं. २०१६ मा बजेट ल्याउँदा रोपवे, सडक र पूर्वपश्चिमको सडकको खाका तयार गरेको स्मरण गरे ।

कांग्रेसका ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले गणेशमानले निरंकुशता हटाउँदै प्रजातान्त्रिक आन्दोलन सफल पार्न बडाहाकिम समेत रहेका आफ्ना पिताको आलिसान महल छाडेर डेरामा बसेको स्मरण गरे । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro