site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

झापा । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार ८२५ रुपैयाँबराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्यबराबरको मालवस्तु आव २०७१/७२ देखि २०८०/८१ सम्म बरामद गरिएको हो ।

भन्सार कार्यालयका अनुसार, चोरीपैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडा समेत गरी भाडावर्तन, किराना सामग्री, मोबाइल, सुर्तीखैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् ।

यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।

“यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार १८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्,” उनले भने ।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए ।

“भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिमाणमा माला आयो ? यो सबै अवैध रूपमा पैठारी भएको हो,” उनले भने ।

भारतसँगको खुला सीमाका कारण दैनिक रूपमा मालवस्तु अवैध तरिकाले निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ । रासस
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro