site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण

जेरुसेलम । हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायलतर्फ करिब पाँचवटा रकेट प्रहार गरेको छ । आक्रमणलगतै इजरायलका ५३ सहरमा हवाई आक्रमणका साइरनहरू बजिएका थिए ।

इजरायली सेनाले अधिकांश रकेटहरू रोकिएका एक विज्ञप्तिमार्फत जनाएको छ । राज्यको स्वामित्वमा रहेको कान टीभी समाचारले उत्तरी इजरायलको एउटा आवासीय घरमा रकेट प्रहार भएको जनाएको छ ।

इजरायली म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन ।

हालसम्म हिजबुल्लाहले आक्रमणको पुष्टि गरेको छैन ।

हिजबुल्लाहका नेता शेख नइम कासिमले इजरायली सेनामाथि विजय नहुँदासम्म लड्ने वाचा गरेपछि बुधबार उत्तरी र मध्य इजरायलमा हिजबुल्लाहद्वारा रकेटका आक्रमणहरू गरिएका थिए ।

यी घटनाक्रमहरू इजरायल र हिजबुल्लाहबीच जारी सीमापार द्वन्द्वको बीचमा भएको हो । रासस/सिन्ह्वा

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro