site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सैनिक शिविरमा २४ घण्टामा दोस्रोपटक आक्रमण गरेको हिजबुल्लाहको दाबी
फाइल तस्बिर ।

बेरुत । हिजबुल्लाहले इजरायली सहर हाइफा नजिकैको नौसैनिक अड्डालाई लक्षित गरी २४ घण्टाभन्दा कम समयमा दोस्रोपटक आक्रमण  गरेको दाबी गरेको छ ।

इरान समर्थित उक्त लेबनानी समूहले इजरायलले गरेको आक्रमण र नरसंहारको जवाफमा हाइफाको उत्तरपश्चिममा रहेको ‘स्टेला मारिस’ नौसेना अड्डालाई लक्षित गरी छोटो समयमा दुई आक्रमण गरेको जनाएको छ ।

बयानमा, हिजबुल्लाहले हाइफाको दक्षिणपूर्वमा रहेको रामत डेभिड एयरबेसलाई पनि मिसाइलले निशाना बनाएको दाबी गरेको छ ।

इजरायल लेबनानको हिजबुल्लाहसँग सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा उत्रिदै गाजापट्टीमा हमाससँगको लडाइँमा उत्तरी सीमा सुरक्षित गर्नमा तल्लिन छ । इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमणलाई बढाउँदै देशको दक्षिणमा सेना तैनाथ गरेको छ ।

गाजामा इजरायलसँग लडिरहेका हमास प्यालेस्टिनी लडाकुहरूको समर्थनमा काम गरिरहेका हिजबुल्लाहसँगको सीमापार द्वन्द्व सुरु भएको एक वर्षपछि इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई सुरक्षा दिन थालेको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि लेबनानमा भएको युद्धमा दुई हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro