काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका उपनिर्वाचन हुने स्थानका उमेदवार टुंग्याएको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहका उमेदवार टुंग्याइएको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उमेदवार बनाउने निर्णय भएको उनले जानकारी दिए ।
सोही पालिकाको वडा नम्बर २ को अध्यक्षमा जीवन रोकालाई उमेदवार बनाइने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा विष्णुप्रसाद देवकोटालाई एमालेले उमेदवार बनाएको छ ।
कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ को अध्यक्षमा अब्दुल मोजिम खाँ, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा बेगम पुनलाई उमेदवार बनाइने उनले बताए ।
गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा दलबहादुर थापालाई उमेदवार बनाउने निर्णय भएको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ता गरिने कार्यतालिका छ ।