site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मंसिरमा पनि बैंकहरूले ब्याजदर घटाउने !

काठमाडौं । लगातार ओरालो लागेको बैंकहरूको ब्याजदर मंसिरमा पनि घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउन लागेका हुन् ।

कात्तिकका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ६.१९ प्रतिशत छ । राष्ट्र बैंकको नीति अनुसार, वाणिज्य बैंकहरूले हालको ब्याजदरमा आगामी महिना १० प्रतिशत थप गर्न वा घटाउन सक्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाले कात्तिक २० गतेसम्मको निक्षेप संकलनको आधारमा ५९ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गर्न सक्छन् । किनभने राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ । कात्तिक २० गतेसम्म सीडी रेसियो ७८.१२ प्रतिशत छ ।

राष्ट्र बैंकको नीति अनुसार, बैंकहरूसँग सात खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । तर, बैंकहरूले कुल निक्षेपको २० प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै जाँदा बजारमा भएको पैसा बैंकिङ च्यानलभन्दा बाहिर जान सक्ने सम्भावना रहेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा बताउँछन् । बैंकहरूको कर्जा लगानी बढ्न नसक्दा प्रशस्त पैसा थुप्रिएको उनको बुझाइ छ ।

बैंकबाट ऋण लगानी बढ्न नसकेपछि आगामी महिना बैंकहरू ब्याजदर घटाउन बाध्य हुने उनको भनाइ छ । तर, राष्ट्र बैंकको ब्याजदर करिडोरका कारण बैंकको ब्याजदर तीन प्रतिशतभन्दा तल नझर्ने उनी बताउँछन् ।

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउन अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न राष्ट्र बैंकले अपनाएको विधिलाई ब्याजदर करिडोर भनिन्छ ।

यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप संकलन दरले तल्लो सीमाको रूपमा काम गर्छ । यी दरहरू मौद्रिक नीतिले आवश्यकता हेरेर समयसमयमा परिवर्तन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro