site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आमाको हत्या गरी सुनको रिङ र नगद लिएर फरार युवक पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३, भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् ।

यही कात्तिक १६ गते अपराह्न करिब ४ बजे भञ्ज्याङगाउँकी ६९ वर्षीया माइली लामामाथि उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले लोहोरो प्रहार गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

हत्या आरोपित लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

माइली लामा आफ्नै घरको भान्साकोठामा टाउकोमा चोट लागी मृतावस्थामा रहेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । त्यसपछि प्रारम्भिक अनुसन्धान गरी फुर्साङलाई पक्राउ गरिएको प्रहरी प्रहरी उपरीक्षक खड्काले जानकारी दिइन् ।

उनका अनुसार, फुर्साङले भान्साकोठामा सुतिरहेकी आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुंगाको लोहोरोले टाउकोमा प्रहार गर्नुका साथै ढोकाको आग्लोले समेत हिर्काएर हत्या गरेको पाइएको थियो ।

फुर्साङले आमाको हत्या गरी उनले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए । फुर्साङलाई कात्तिक १८ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताइन् ।

पक्राउ परेका फुर्साङमाथि अनुसन्धान गर्न मंगलबार काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro