site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडाको मार्चुलामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । कुमाऊका आयुक्त दीपक रावतका अनुसार, बस नियन्त्रणबाहिर गएर खाल्डोमा खसी दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा पठाइएको छ । रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

अल्मोडाको साल्ट क्षेत्रका एसडीएम सञ्जय कुमारले भने, “दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने कार्य भइरहेको छ । घाइतेहरूलाई उपचारका निम्ति अस्पताल पठाइएको छ ।”

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उक्त बस दुर्घटनाका बारेमा सम्बन्धित अधिकारीहरूबाट जानकारी लिएका छन् । उनले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री धामीले मृतकका परिवारलाई चार लाख र घाइतेलाई एक लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro