site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई लघुवित्तको २१ लाख ४२ हजार कित्ता एफपीओ निष्कासन प्रक्रियामा

काठमाडौं । दुई लघुवित्तले एफपीओ जारी गर्न नेपाल धितोत्र बोर्डमा निवेदन दिएका छन् । किसान लघुवित्त वित्तीय संस्था र माहुली लघुवित्त वित्तीय संस्थाले २१ लाख ४२ हजार ४१४ कित्ता एफपीओ निष्कान गर्न बोर्डमा आवेदन दिएका छन् ।

यी कम्पनीले वि.सं. २०८० मा लिएका हुन् । किसान लघुवित्त वित्तीय संस्थाले गत वर्ष कात्तिक ३ गते एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । माहुली लघुवित्त वित्तीय संस्थाले ०८० पुस २० गते एफपीओका लागि आवेदन दिएको थियो ।

Argakhachi Cement Island Ad

किसान लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ निष्कासन गर्न आवेदन दिएको छ ।

माहुली लघुवित्त वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँका चार लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । किसान लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । माहुली लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड छ ।

प्राथयी कम्पनीले वि.सं. २०८० मा लिएका हुन् । किसान लघुवित्त वित्तीय संस्थाले गत वर्ष कात्तिक ३ गते एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । माहुली लघुवित्त वित्तीय संस्थाले ०८० पुस २० गते एफपीओका लागि आवेदन दिएको थियो ।मिक सेयर (आईपीओ) निष्कासन गरिसकेको कम्पनीले आफ्नो व्यवसाय विस्तारका क्रममा आवश्यक पुँजी संकलन गर्न थप सेयर निष्कासन अर्थात् फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने गरेका छन् ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था मर्जरमा गएपछि सर्वसाधारणतर्फको स्वमित्व नियामक निकायको गरेको व्यवस्था अनुसार पूरा गर्न पनि कम्पनीले सर्वसाधारणमा एफपीओ जारी गर्ने गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्