site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्ज कारागारको अवस्था निकै नाजुक, शौचालय अभावमा पाइन्टमै पिसाब फेर्छन् कैदी !

काठमाडौं । वीरगन्जस्थित कारागारको अवस्था निकै दयनीय रहेको पाइएको छ । विशेष गरेर शौचालय, खानेपानी र बिजुलीको अवस्था नाजुक रहेको पाइएको हो ।

अनुगमनका लागि शनिबार खानेपानीमन्त्री प्रदीप यादव कारगार पुगेका थिए । अनुगमनका क्रममा कारागारमा खानेपानीको अभाव भएको पाइयो । शौचालय पनि एउटामात्र थियो । भान्सामा समेत छाना थिएन ।

मन्त्री यादवलाई कैदीबन्दीहरूले गुनासा सुनाएका थिए । उनीहरूले शौचालय अभावकै कारण धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब फेर्नुपर्ने अवस्था रहेको बताएका थिए । 

"एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो," अनुगमनपछि मन्त्री यादवले भने ।

1-Birgunj-Karagar-1730541976.jpg
खानेपानी र बिजुलीको समस्या पनि उस्तै छ । कारागारमा केही समय अगाडि लथालिंग वायरिङका कारण करेन्ट लागेर एकजना कैदीको ज्यान गएको मन्त्री यादवले बताए ।

"कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनुभयो," उनले भने ।

मन्त्री यादवले आफूले तत्काल समस्या समाधानका लागि काम गर्न स्थानीय निकायलाई आग्रह गरेको बताए ।

"अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौं भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro