site stats
बाह्रखरी :: Baahrakhari
कला
माग्ने बुढाको गुनासो– मैले चाहेर पनि मेरो लवज परिवर्तन गर्न पाइनँ

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आफूले फरकफरक भूमिकामा काम गर्न चाहे पनि निर्माता र निर्देशकले त्यो अवसर नदिएको बताएका छन् ।

आफूले फरक–फरक क्यारेक्टर र लवजमा काम गर्न खोजे पनि त्यस्तो मौका नपाएको उनी बताउँछन् । “म फरक–फरक क्यारेक्टरमा काम गरौँ भन्छु । तर, जो विज्ञापनदेखि सिनेमाको अफर लिएर आउनुहुन्छ,” केदार भन्छन्, “उहाँहरू तपाईंको यही क्यारेक्टस मन परेर त यसमा लगानी गर्न खोजेका हौँ भन्नुहुन्छ ।” 

आफूले पहिलो चलचित्रमा मेरी बास्सैकै हनुमान टोपी लगाएको भन्दै दोस्रोमा त्यो आधा खोलेको स्मरण गरे । विस्तारै हुलिया परिवर्तन गरे पनि लवज परिवर्तनमा भने सहमत नभएको केदारको गुनासो छ । 

“म अरूजस्तो खतरै क्यारेक्टर गर्नसक्ने कलाकार त होइन । तर, जति सक्छु गरौँ भन्ने रहर हो,” उनले भने, “तर, आजसम्म यो अवसर पाएको छैन ।”

‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामीप्यराज तिमलसेनाले लेखेका छन् । 

चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मिस पबीलगयतको अभिनय छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्