site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य हालसम्मकै महँगो
फाइल तस्बिर ।

काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला दुई हजार २०० रुपैयाँले वृद्धि भई एक लाख ७० हजार ७०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १२० मा कारोबार भएको चाँदी आजका निम्ति दुई हजार ९० रुपैयाँ निर्धारण गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro