site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार पत्रकारबाट आलोचनाको अपेक्षा गर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरूलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गरे ।

उनले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिँड्न मद्दत गर्ने बताए । उनले पत्रकारको आलोचनाले मन्त्रीहरूले गलत काम गर्न रोक्ने पनि बताए । उनले सरकारले पत्रकारहरूबाट आलोचनाको अपेक्षा राखेको बताए । आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उनको भनाइ छ ।

"सरकारलाई जनताका लागि काम गर तिमी, अभावमा बसिरहेका मान्छेहरूको सेवा गर तिमी भन्नुपर्‍यो । सरकारको प्रवक्ताको हैसियतले म तपाईंहरूलाई के अनुरोध गर्न चाहान्छु भने तपाईंहरूले सरकारलाई आलोचना गर्नुपर्छ । तर, ध्वसांत्मक विरोध होइन । यो कानुन मिच्न मिलेन भन्दिनुस् न तपाईंहरूले । कुन कुन मन्त्री रिसाउँछ मलाई थाहा छैन," उनले भने ।

उनले पत्रकारहरूले सरकारको आलोचना गरे सरकार निरंकुशताको बाटो नलाग्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro