site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप सवारीसाधन खरिद गर्दै कोसी सरकार

विराटनगर । कोसी प्रदेश सरकारले थप सवारीसाधन खरिद गर्ने भएको छ । सरकारका दुई मन्त्रालय र एक निकायले यसका लागि प्रक्रिया अघि बढाएका छन् । धेरै सवारी खरिद गर्ने भनेर कोसी सरकारको आलोचना हुँदै आएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र लोक सेवा आयोगले सवारीसाधन किन्न सार्वजनिक सूचना प्रकाशन गरेका छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरका लागि भन्दै स्वास्थ्य मन्त्रालयले क्याटलक सपिङ विधिबाट उत्पादक कम्पनी तथा वितरकलाई प्रस्ताव पठाउन सूचित गरेको छ । यसैगरी प्रदेश लोकसेवा आयोगले विद्युतीय सवारीसाधन किन्न खरिद सूचना जारी गरेको छ । 

आयोगले ५५ किलोवाट ब्याट्री ब्याकअप भएको कम्तीमा चार सय किलोमिटर रेन्जको सवारी बिक्री गर्ने कम्पनी तथा डिलरसँग प्रस्ताव माग गरेको छ । ग्राउन्ड क्लियरेन्स १७५ एमएम हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

भौतिक पूर्वाधार मन्त्रालयले ७४ लाख रुपैयाँ कबोल गरेको रोयल अटो इन्टर प्राइजेजबाट डेलिभरी जिप खरिद गर्न बोलपत्र स्विकृत नै गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro