site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिधै पार्टी एकता होइन, पहिले आफैँभित्र वैचारिक स्पष्टता खोजौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताका लागि पहिला आफैँभित्र वैचारिक बहस गर्नुपर्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित 'नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार' विषयक कार्यक्रममा उनले विगतले त्यस्तो पाठ सिकाएको बताए ।

“हिजो केही न केही भावनामा, केही न केही मनसायले सारा कम्युनिस्टलाई एकताबद्ध गरिहालौँ न । त्यसो भयो भने देशमा अत्यधिक ठूलो संख्या कम्युनिस्टको छ, त्यसले समाजवाद निर्माणलाई तीव्र गति दिन सकिन्छ भन्ने मनसायले चुनाव मिलेर लड्यौँ । पार्टी एकता पनि गरेर हेर्‍यौँ,” उनले भने । 

घटनाक्रम र परिणामले वैचारिक स्पष्टतापछि मात्र एकतातर्फ अघि बढ्नुपर्ने देखाएको उनको भनाइ छ । “हामी पहिला आफैँभित्र वैचारिक स्पष्टताको निम्ति संघर्ष गरौँ । आफ्नै पार्टीभित्र निर्मम ढंगले समीक्षा अघि बढौँ । त्यसलाई एकताबद्ध गर्ने कोसिस गरौँ,” प्रचण्डले भने ।

त्यसपछि मात्रै इमान्दाररूपमा अरू पार्टीसँग एकता गर्नुपर्ने भनाइ उनको छ । उनले अहिले माओवादी आत्मालोचना गरेर त्यो बाटोमा अघि बढेको बताए । 

प्रचण्डले मिल्न सक्ने मिल्ने र नमिल्ने मोर्चाबाट एक भएर अघि बढ्नुपर्ने बताए । प्रचण्डले सबै राजनीतिक दलका नेतालाई के कति गरेँ भन्ने गम्भीर समीक्षा गर्न सुझाए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro