site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहित्यकार रिजाल र कलाकार पानवालालाई कल्पतरू पुरस्कार तथा सम्मान 

काठमाडौं । कल्पतरू प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीका अवसरमा दुई सर्जकलाई पुरस्कृत गरेको छ । 

बुधबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानले यी दुवै स्रष्टालाई पुरस्कृत गरेको हो । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले साहित्यकार वसन्त रिजाललाई ‘महाकवि देवकोटा कल्पतरू पुरस्कार’ तथा कलाकार जोगेन्द्र पानवालालाई ‘कल्पतरू प्रज्ञा सम्मान’ प्रदान गरे ।
 
देवकोटा कल्पतरू पुरस्कारका साथ नगद राशी २५ हजार रुपैयाँ पनि प्रदान गरियो । कार्यक्रममा पुरस्कृत साहित्यकार रिजालले ‘देवकोटा कल्पतरू पुरस्कार’ अक्षयकोषमा नगद एक लाख प्रदान गर्ने बताए । 

कार्यक्रममा केही समयअघि स्थापित प्रतिष्ठानका अध्यक्ष साहित्यकार नवराज पुडासैनी ‘ज्योत्सना’ले प्रतिष्ठानका काम बारे बोले ।

कार्यक्रममा वक्ताहरूले महाकवि देवकोटाको साहित्यिक योगदानबारे बोले । कार्यक्रम भन्दाअघि बाजागाजासहित वडा कार्यालयबाट सुरु भएको प्रभातफेरी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित देवकोटा पार्कमा पुगेको थियो । उक्त अवसरमा उपस्थितहरूले महाकवि देवकोटाको सालिकमा माल्यार्पण गरेको थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro