site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–भारत सीमामा तस्करी रोक्न सरकार असक्षम : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाल–भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुला रूपमा तस्करी हुँदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको उल्लेख गरे । 

नेपालमा उत्पादित सुपारी निर्यातबारे समितिको छलफलमा गौतमले सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेको र कहिले पनि समाधान हुन नदिने खेल भएको जिकिर गरे । 

नेपाल–भारत सीमामा देखिएका तस्करी लगायतका समस्या नियन्त्रण गर्न विधेयक बनाएर कानुन तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । गौतमले खुला सिमानाको दुरुपयोग सुधार गर्न सरकारले कुनै पहलकदमी लिन नसकेको जिकिर गरे । 

नेपालमा उत्पादन भएको वस्तु खुला सिमानाबाट भन्सार छलेर भारततर्फ लैजाने गरेको र यसका कारण मुलुकको राजस्व समेत गुमेको उनको भनाइ थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro