site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबार वैद्यखाना सरकारले सञ्चालन गर्न सक्दैन भने महानगरलाई दिनुस् : बालेन

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । 

उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्ण रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने बताए । 

मेयर साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए । सरकारी ९० प्रतिशत उद्योगहरू लिजमा दिएर बेचिने गरेको उनको भनाइ छ । लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरूलाई डुबाइने गरेको बताए । 

०५८/५९ सालमा यहाँको बजेट पाँच करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट एक करोड पनि नरहेको उल्लेख गरे । सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए । 

सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बालेनले बताए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको उल्लेख गरे । सरकारले हेरेका निकायहरू सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए ।

"यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ । यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ," उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro