site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निफ्राले यस वर्ष लाभांश नदिने, वित्तीय अवस्था थप सुदृढ गर्न नाफा सञ्चित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको हो ।

बैंकले गत वर्षको असार मसान्तसम्म एक अर्ब २३ करोड ९८ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

Argakhachi Cement Island Ad

उक्त मुनाफामा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम छुट्याएर बाँकी रहेको ६७ करोड ९५ लाख ३४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको जानकारी बैंकले दिएको छ ।

दोस्रो बजारमा सूचीकृत भएयता निफ्राले प्रत्येक वर्ष लाभांश दिँदै आएको थियो । गत वर्ष ४.२१०५ प्रतिशत नगद लाभांश दिएकोे निफ्राले त्यसअघि वि.सं. २०७९ मा पनि ४.२१०५ प्रतिशत नगद लाभांश नै दिएको थियो । वि.सं. २०७८ मा भने यो बैंकले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्