site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतको पक्राउ पुर्जीपछि पनि प्रहरीले आफ्नै संगठनको इन्स्पेक्टर पक्राउ गर्न सकेन 
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाही अझै पक्राउ परेकी छैनन् । ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।

ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन । ‘हनी ट्रयाप’ घटनालाई प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धानअघि बढाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीकी सुष्मा विक, भीमाकुमारी थापा, ताज स्लाम र भैँसेपाटी प्रमुख हुँदा इन्स्पेक्टर शाहीकै सवारी चालक प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । उनीहरू एक महिनाअघिदेखि प्रहरीकै थुनामा छन् । 

इन्स्पेक्टर शाही भने प्रहरीको फरार सूचीमा रहे पनि सामाजिक सञ्जालमा भने सक्रिय छिन् । टिकटकदेखि स्टाग्राममा उनी सक्रिय देखिएकी छन् । प्रहरी स्रोतका अनुसार उनी काठमाडौंमै बसेको दाबी छ ।

प्रहरी स्रोतका अनुसार उनी केही प्रहरी अधिकारी र गृह मन्त्रालयकै संरक्षणमा छिन् । ललितपुर प्रहरीले भने शाहीको खोजी कार्य जारी रहेको जनाएको छ । 

शाहीकै योजनामा ललितपुरकै एक व्यवयासीविरुद्ध बलात्कारको उजुरी दिने भन्दै ३० लाख असुल गरेर उनीहरूले छाडेको खुलेको थियो ।

यही समूहले दरबारमार्ग प्रहरीमा दोलखाका विदुर शर्मामाथि बरेको बलात्कार घटनामा समेत हनी ट्रायापमा पारेर रकम असुल गर्न बलात्कारको उजुरी दिएको खुलेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro