site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिजबुल्लाहको नयाँ प्रमुख बनेका नइम कासिम को हुन् ?

काठमाडौं । इजरायली आक्रमणमा हसन नसरल्लाहको मृत्यु भएको ३२ दिनपछि हिजबुल्लाहले नयाँ प्रमुख घोषणा गरेको छ । मंगलबार नइम कासिमलाई संगठन प्रमुखको जिम्मेवारी दिइएको हो ।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा कासिमले सधैँ संगठनको सिद्धान्तको पालना गरेकाले उनलाई प्रमुखमा चयन गरिएको उल्लेख छ ।

कासिम संगठनमा दोस्रो नम्बरमा थिए । नसरल्लाहको मृत्युपछि कासिमले लेबनानका जनतालाई सम्बोधन गरेका थिए । यूएईको मिडिया हाउस इरेम न्यूजका अनुसार उनी इरानमा बस्दै आएका छन् ।

कासिमले अक्टोबर ५ मा बेरुत छाडेका थिए । उनलाई इरानका विदेशमन्त्रीको विमानमा लगिएको थियो । मिडिया रिपोर्टका अनुसार, इरानका नेताहरूले इजरायलको डरले कासिमलाई देश निकालाको आदेश दिएका थिए ।

कासिमभन्दा पहिले नसरल्लाहका भाइ हासेम सैफिद्दीनको नाम हिजबुल्लाहको प्रमुख बन्ने दौडमा अगाडि थियो । तर, उनको पनि इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो । उनको मृत्युको पुष्टि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नै गरेका थिए ।

को हुन् हिजबुल्लाहका नयाँ प्रमुख, नइम कासिम ?

कासिमको जन्म लेबनानको काफर किला गाउँमा सन् १९५३ मा भएको थियो । सन् १९७० मा कासिम लेबनानमा शिया अमल आन्दोलनको हिस्सा बनेका थिए । 

कासिमपछि १९८० को दशकमा हिजबुल्लाह आन्दोलनमा संलग्न भएका थिए । उनी संगठनका संस्थापक सदस्यहरूमध्ये एक थिए ।

कासिमले दशकौँदेखि बेरुतमा धार्मिक शिक्षा दिइरहेका छन् । कासिम सन् १९९१ मा हिजबुल्लाहका उपमहासचिव बनेका थिए । उनी हिजबुल्लाहको सुरा काउन्सिलका सदस्य पनि हुन् ।

रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro