site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यो वर्षको दसैँमा हालसम्मकै धेरै व्यापार, कति भयो सिनेमाको ग्रसकलेक्सन ? 

काठमाडौं । यो वर्षको दसैँमा नेपाली चलचित्रले उत्साहपूर्वक व्यापार गरेका छन् । अघिल्ला वर्षका दसैँका तुलनामा यसपालि नेपाली चलचित्रले धेरै ग्रसकलेक्सन गरेका हुन् ।

यो वर्षको दसैँमा नेपाली चलचित्रमा ३५ देखि ४० करोड रुपैयाँबराबरको ग्रसकलेक्सन भएको वितरक तथा डीएसीएनका सञ्चालक अशोक शर्मा बताउँछन् ।

उक्त अवधिमा ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’ले ३५ देखि ४० करोड रुपैयाँ ग्रसकलेक्सन गरेका थिए ।

“हालसम्मका दसैँमा भन्दा यो वर्षको दसैँ अवधिमा नेपाली चलचित्र धेरै चलेका छन् । यसअघिका दसैँमा यति धेरै ग्रसकलेक्सन कहिल्यै भएको थिएन,” अशोक बाह्रखरीसँग भन्छन्, “बेहुली फ्रम मेघौली रिलिज भएदेखि गत हप्तासम्म करिब ४० करोड रुपैयाँ ग्रसकलेक्सन भएको छ ।”

दुई चलचित्र एकैपटक मजाले चल्न सक्छन् भन्ने यो दसैँले पुष्टि गरेको उनी बताउँछन् । “दुईवटा चलचित्र एकैपटक रिलिज हुँदा शो पुग्छ । त्यसैले दुईवटा सिनेमा एकैदिन रिलिज गर्न डराउनु पर्दैन,” उनी भन्छन्, “तर, छुट्टाछुट्टै जानराका सिनेमा हुनुपर्छ । एउटै जानरा भयो भने त्यसले मार खान्छ ।”

यो वर्ष कमेडी जानरामा ‘छक्का पञ्जा’ र ‘१२ गाउँ’ एक्सनमा आएकाले दुवै चलचित्रलाई एकले अर्कोलाई खासै असर नगरेको उनी बताउँछन् । “तीन वा त्योभन्दा धेरै चलचित्र चलेको अवस्थामा भने शो पाउँदैन । थोरै शो पाएपछि हाउसफुल भए पनि व्यापार राम्रो हुँदैन,” अशोक भन्छन् ।

यो वर्ष घटस्थापनाका दिन ‘बेहुली फ्रम मेघौली’ र फूलपातीको अवसर पारेर रिलिज गरिएका ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’ले राम्रो व्यापार गर्दा यसअघिका दसैँको ग्रसकलेक्सनलाई पछि पारेको हो ।

‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’ अझै प्रदर्शन भइरहेका छन् । ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ हालसम्म उच्च शो र लोभलाग्दो अकुपेन्सीसहित प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro