site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषधसहित कास्कीमा डाक्टर पक्राउ

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित एक डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ४, गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला छन् । 

प्रहरीले कोइरालालाई गत कात्तिक ९ गते पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो । 

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार पोखरा–१२ स्थित परिवार नियोजनको कार्यालयअगाडि चेकजाँचको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा लागुऔषध ओपोट्याबसहित पक्राउ गरिएको हो । उनको साथबाट ओपोट्याब ५० र तपेन्टाडोल ४०० ट्याब्लेट फेला पारेको थियो ।

उनको घरमा पनि खानतलासी गर्दा थप १६० चक्की लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

उनीमाथि लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro